सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब विनियोजन

सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब विनियोजन


काठमाडौँ । सरकारले सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले ज्येष्ठनागरिकभत्तासहित सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्बै ७३ करोड विनियोजन गरेको जानकारी दिए।

उनकाअनुसार यसअघिको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको हो।