काठमाडौँ ।
आर्थिक वर्ष २०८०-८१ को बजेट आज सार्वजनिक हुदैँछ। संघीय संसद् भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ।
‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.ब २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)पेश गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।
नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ। यो संवैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो।
प्रतिक्रिया