आज पनि घट्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति?

आज पनि घट्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज९शनिबार०का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलरको रेट १७ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। शुक्रबार अष्ट्रेलियन डलर ३५ पैसाले घटेको थियो।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।