निरन्तर घट्दो दरमा अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

निरन्तर घट्दो दरमा अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


कामठाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६.२४ रुपैयाँ र बिक्रीदर ८६.६३ रुपैयाँ रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर ३५ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। पछिल्लो केही दिन देखि अष्ट्रेलियन डलर घट्दो दरमा रहेको छ । बिहीबार अष्ट्रेलियन डलर ९५ पैसाले घटेको थियो।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।६९ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१।६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६.९८ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ।