राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो


काठमाडौँ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, उपरराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वासाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो।

ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो। गुठी संस्थान कार्यालय ललितपुरका प्रतिनिधिले भोटो देखाउने चलन छ। लगनखेलको थतीटोल चौबाटोमा रहेको रातो मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेलमा पुर्‍याइएको थियो।

मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ। सोहीअनुसार बिहीबार भोटो देखाइएको हो। अब रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्‍याइन्छ। रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ।