आज झण्डै एक रुपैयाँले घट्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज झण्डै एक रुपैयाँले घट्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९९पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ९५ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।