जेठ ५ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

जेठ ५ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने


काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले आजदेखि समितिको बैठक बसेकामा खुसी व्यक्त गर्नुभएको थियो ।

सो क्रममा उहाँले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताउनुभएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।