यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०५ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ १५ पैसा र बिक्री दर १४३ रूपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७७ पैसा र बिक्री दर १६५ रूपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।