बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा काँग्रेस बैठक अनिर्णीत

बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा काँग्रेस बैठक अनिर्णीत


काठमाडौँ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठक अनिर्णीत बनेको छ ।

बुधबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा पार्टीको भातृ संगठन र विभाग गठनको विषयमा छलफल केन्द्रित रहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले खाँणको विषयमा अनुसन्धानकै क्रममा रहेको र अनुसन्धानमा सहयोग मात्र पु¥याईरहेको भन्दै पार्टीले हालकालागिउनको बारेका केहि निर्णय नगरेको बताए ।

उनले भने ‘टोपबहादुर रायमाझीको हकमाउहाँ त पार्टीमा उपस्थिति नै नभएको अवस्थाहो । पूर्जी काटिएको अवस्थामापनि फरार हुनुभययो भनेर पार्टीले निर्णय ग¥यो बालकृष्ण खाणको सन्दर्भमा उहाँ आफैले अनुसन्धानमा सहयोग गर्नुभएको छ । त्यो अझै अनुसन्धान परिपक्वहोस, अनि पार्टीले निर्णय गर्छ। ’उनले अनुसन्धान परिपक्वनभई निष्कर्षमा पुगेर पार्टीले दोषी करार जस्तो निर्णय गर्न नमिल्ने बताए ।