काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, शीर्ष तीन नेताबीच शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति भएको बताएका छन्।
बुधबार अपरान्ह सिंहदरबारमानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि उनले दोषी कोही नछुटोस र निर्दोष कोही नपरोस् भन्नेमा तीन नेताबीच छलफल भएको जानकारी दिएका हुन् । ‘हाम्रो भेटघाट मिडियामा आए जस्तो होइन।
सदनलाई कसरी अघि बढाउने भन्ने कुरामा विस्तृत कुरा भयो। संसदीय समिति कसरी बनाउने आदिमा कुरा भयो’, उनले भने, ‘तर तपाईंहरुले भने जस्तो शंका गर्ने ठाउँ छैन।’भेटपछि पत्रकारसंग उनले भने ‘प्रहरीले गरिरहेको अनुसन्धानमा डिस्टर्व नगरौँ भन्ने सहमति हामीबीच भएको छ।’
दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भन्ने कुरामा शीर्ष नेताबीच सहमति रहेको बताएका उनले भने ‘हामीले प्रहरीलाई निष्पक्ष अनुसन्धानका लागि निर्देशन दिएका छौँ। प्रहरीले आफ्नो विधिअनुसार काम गरेको छ । ’
प्रतिक्रिया