यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८१ पैसा र बिक्री दर १४४ रूपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २८ पैसा र बिक्री दर १६६ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।