कामठाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलकोसंयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
उनले भने ‘हामीले सरकारलाइै दिएको समर्थन फिर्ता लिएका छौं । प्रतिपक्षमा रहने हामीले निर्णय गरेका छौं ।’ पुस १० मा सरकारमा सहभागी हुँदा नीति तथा कार्यक्रम रास्वपाले भनेबमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने बुँदा हटाइएकोमा आफूहरुको असहमति रहेको बताए ।
उनले भने ‘सरकार जुन ढंगले अगाडि बढीरहेको छ त्यसलाई हामीले सर्मथन गर्नुपर्ने देखेनौं । ’पुस १० मा सरकारमा सहभागी हुँदा रास्वपालेसरकारमा सहभागी नभए पनि विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो । त्यस्तै राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो ।
प्रतिक्रिया