तयारी बजेटको : पूर्व अर्थमन्त्रीहरुसंग अर्थमन्त्री महतको छलफल

तयारी बजेटको : पूर्व अर्थमन्त्रीहरुसंग अर्थमन्त्री महतको छलफल


काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरुसंग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिएका छन् ।

छलफलमा पूर्व अर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा। युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको सहभागिता रहेको थियो ।

अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने अर्थमन्त्री महतको भनाइ छ ।

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफु लागि परेको बताएका छन् ।