आज अष्ट्रेलियन डलरमा झिनो सुधार, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरमा झिनो सुधार, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा रहेको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ३० पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा र बिक्री दर १३१ रूपैयाँ २२ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १० पैसा र बिक्री दर १४४ रूपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ३५ पैसा र बिक्री दर १६४ रूपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।