चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ : रवि लामिछाने

चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ : रवि लामिछाने


कामठाडौँ ।

भारी मतले बिजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन–२ ले दिएको बताएका छन। फराकिलो मतअन्तरले बिजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले बताएका छन् ।

‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु,’ मतदातालाई धन्यवाद दिदै लामिछानेले भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’

उप निर्वाचनवाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उनको भनाई छ ।

व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गरेका छन् ।