तनहुँ-१ उपनिर्वाचन : घण्टीको अग्रता कायमै, रुखका उम्मेदवार पछिपछि

तनहुँ-१ उपनिर्वाचन : घण्टीको अग्रता कायमै, रुखका उम्मेदवार पछिपछि


काठमाडौं ।

तनहुँ क्षेत्र नम्बर एकको उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको १२ बजेको मत परिणाम अनुसार वाग्लेले २३ हजार मत गणना हुँदा ११ हजार बढी मत पाएका छन् ।

उनले ११,८४५ मत ल्याएको आयोगले जनाएको छ । वाग्लेले चार हजार बढी मतले अग्रता लिएका छन् । पछिल्लो समय नेपाली कांग्रेसका नेता तथा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले मत अन्तरलाई घटाउँदै लगेका छन् । उनले ७,०५९ मत पाएका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४,०३३ मत ल्याएर तेस्रो स्थानमा रहँदा राप्रपाका उम्मेदवारले ५३ मत पाएका छन् ।