नेप्सेमा ७३ अंकको पहिरो, सवा ५ अर्बको सेयर कारोबार

नेप्सेमा ७३ अंकको पहिरो, सवा ५ अर्बको सेयर कारोबार


काठमाडौं, ११ असोज । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५.४२ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो २.६५ प्रतिशतले कम हो । आइतबार करिब ६१ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो । दिनभरको कारोबारमा करिब ५ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।