आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


कामठाडौँ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज (शनिबार) अष्ट्रेलियन डलर ६७ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०५ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २४ पैसा र बिक्री दर १६२ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।