एसीसी प्रिमियर कप : कुशल र सोमपाल चम्किदा नेपालले ओमानलाई दियो ३ सय ११ रनको लक्ष्य

एसीसी प्रिमियर कप : कुशल र सोमपाल चम्किदा नेपालले ओमानलाई दियो ३ सय ११ रनको लक्ष्य


काठमाडाैँ ।

कुशल मल्ल र सोमपाल कामी चम्किएपछि नेपालले ओमानलाई ३ सय ११ रनेको लक्ष्य पेश गरेको छ । नेपालले एक दिवशीय क्रिकेटमा बनाएको हालसम्मको उच्च स्कोर हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेपछि पहिलो व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभेर खेलेर ८ विकेटको क्षतिमा ३ सय १० रन बनायो ।

जारी प्र्रतियोगिताकै यो पहिलो औपचारिक एक दिवशीय खेल पनि हो । नेपाल र ओमान दुवै एक दिवशीय मान्यता प्राप्त टोली हुन् । नेपालको यसअघि पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुरमा नै तीन महिना अघि सम्पन्न आइसीसी विश्वकप क्रिकेट लिग टुमा पपुवा न्यूगिनीविरुद्ध २ सय ९७ रनको उच्च स्कोर बनाएको थियो ।

शुक्रबार कुशलले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउँदा सोमपाल कामीले अर्धशतकीय योगदान गर्दा नेपालले आफ्नो कमजोर अवस्थालाइ सुधार गरेको थियो ।

एक पछि अर्को गर्दैं विकेट खसेपछि कमजोर देखिएको नेपालको अवस्थामा कुशल मल्लको विस्फोटक शतकले राहत प्रदान गरेको थियो । शतकीय योगदानमा नेपाली टोलीका लागि राहत प्रदान गर्दै उनी विस्फोटक १ सय ८ रन बनाएर बाहिरिएका थिए ।

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध शतक बनाउँदा उनले५९ बलको सामना गरेर ९ चौका र ९ छक्काको सहयोगमा १ सय १ रन बनाएका थिए । तर कुशल ६४ बल खेलेर १ सय ८ रन बनाउँदै पेभेलियन फर्किएका छन् । पछि उनले थप एक छक्काको सहयोग लिएका थिए । उनी आयन खानको बलमा आकिब इलियास क्याच भएर बाहिरिए ।

स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै मल्लले शतक पूरा गरेका थिए । उनी नेपालबाट एक दिवशीय अन्तर्राष्ट्रिय खेल ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका नयाँ कीर्तिमान आफ्नो नाममा कोरेका छन् ।

समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । यस अघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक बनाएका थिए ।

नेपालका लागि सोमपाल कामीले पनि अशर्तकीय योगदान गरे । एक दिवशीय खेलमा कामीको यो ऐतिहासिक ५०औं एक दिवशीय खेल हो ।

सोमपालले ४८ बलको सामना ९ चौकाको सहयोगमा नटआउट ६३ रनको योगदान गरे । करण केसीले १५ बलमा २९ रन बनाएर नटआउट रहे । नेपालको सुरुआत खराब रहयो । नेपालले आफ्ना दुवै ओपनर कुशल भर्तेल र आसिफ सेखलाई शून्यमा गुमायो । तर मध्यक्रमका व्याट्सम्यानहरु भीम सार्कीले कप्तान रोहित पौडेलको साझेदारीमा तेस्रो विकेटका लागि ५४ रनको योगदान गरे । रोहितले २३ रन बनाँउँदा भीमले ३३ र र आरिफ सेखले २९ रनको योगदान गरे ।