कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले वि.स. २०८० साल बैशाख ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७ पैसा रहेको छ । यस्तै अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ४१ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ९७ पैसा छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८१ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १० पैसा छ ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८४ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७५ पैसा छ ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ८२ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०६ पैसा छ ।