काठमाडौं ।
पूर्व गर्भनर तथा राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले नेपाली युवाहरु नोकर हुनउत्साहित हुने गरेको बताएका छन् । उडान शैक्षिक केन्द्रको केन्द्रीय कार्यालयको शुभारम्भको अवसरमा पूर्व गर्भनर नेपालले नेपालमा उत्पादन गरेर बस्न सक्ने वस्तुको लागि छिमेकी देशको भर पर्ने र देशका युवा विदेशीको नोकर हुन उत्साहित हुने प्रवृत्ति बढेको गुनासो गरे ।
उनले भने ‘हाम्रो देशमा उत्पादन गर्न सकिने वस्तुहरुको लागि पनि हामीअरुको भर पर्ने गरेका छौ किनभने हामीअरुको नोकर हुन उत्साहित हुन्छौँ । विदेशमा गएर कामगर्न आफ्नै केही गरौ भन्नेमा छैनौ ।’
नेपालले जागिर भनेको गरेर खाने काम मात्र भएको भन्दै शीर उठाएर बस्ने हो भने अरुलाई जागिर दिने व्यवसाय गर्नु पर्ने बताए । उनले यस्का लागि अध्ययन आवश्यक भएको बताए ।
नेपाली जनता कतार,मलेसिया लगायतका मुलुकहरुमा गएर विकासको काम गर्न सक्ने तर देशका लागि केहीनगर्ने प्रवृत्तिलाई हटाउनु पर्ने पनि नेपालको सुझाव छ ।
उनले भने ‘नकारात्मक सोच ल्याउनु हुदैँन्, मैले गर्न सक्दिनभन्ने सोच त आउनु नै हुदैँन् । पढाई व्यवसायको लागिआवश्यक विषय हो, जागिर भनेको केही समयको लागि हो जीवनभर शीर उठाएर बस्ने हो भने अरुलाई जागिर दिने हो । कतार मलेसिया खाडीमुलुकहरु सबै हामी नेपाली गएर बनेको देश हो । हामी हाम्रो देशको लागि गर्दैनौँ । त्यसले गर्दा मुलुक बनाउनु छ भने पनि यो अवसर हो ।
व्यापार व्यवसाय वा ठूलो पदमा काम गर्नको लागि स्रोतको आवश्यकता पर्छ भन्ने सोच गलत भएको भन्दै उनले आफ्नो क्षमताआफैले विकास गर्नुपर्ने बताए ।
प्रतिक्रिया