काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफइनसीसीआई) निर्वाचनको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसारवरिष्ठ उपाध्यक्षमा रामचन्द्र सघईले अग्रता लिएका छन् ।
महासंघ निर्वाचन समितिका अनुसार वस्तुगत, जिल्ला नगर तर्फ र एसोसिएट तर्फको मत गणना सकिदा महासंघले तीन जना नयाँ उपाध्यक्ष पाएको छ ।
जसमा जिल्ला नगर तर्फको उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट तर्फ ज्योत्सना श्रेष्ठ निर्वार्चित भएका छन् । हाल बरिष्ठ उपाध्यक्षको मत गणना जारी छ ।
निर्वाचन समितिका अनुसार १४ सय मत गणना हुँदा रामचन्द्र सघंईले ५२४ मत सहित अग्रता लिएका छन् । त्यस्तै, अञ्जन श्रेष्ठले ४८३ मत ल्याएर संघाइलाई पछयाइरहँदा उमेशलाल श्रेष्ठले ३७८ ल्याएर तेस्रो स्थानमा छन् ।
यसैगरी महासंघको एसोसिएटतर्फ १९ जना सदस्य निर्वाचित भएका छन् । एसोसिएट सदस्यतर्फ निर्वाचित हुनेमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्दकुमार बगेरिया, उज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, गोपाल खनाल, जुना माथेमा, रामशरण थपलिया, देश्बन्धु बस्नेत, प्रबलजङ पाण्डे, मनोज पौडेल, मुकुन्दप्रसाद तिमल्सिना, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, सुशील थापा, शैलेन्द्र गुरागाई, सन्दीपकुमार अग्रवाल, सुनिलनारायण श्रेष्ठ र हेमन्त गोल्छा छन् ।
प्रतिक्रिया