अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७० पैसा रहेको छ । सोमबारको तुलनामा आज अष्ट्रेलियन डलर १२ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७८ पैसा र बिक्री दर १४३ रूपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७६ पैसा र बिक्री दर १६३ रूपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८१ पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।