आज अष्ट्रेलियन डलर स्थिर हुँदा अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलर स्थिर हुँदा अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ५२ पैसा र बिक्री दर १४३ रूपैयाँ १८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।