काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८८ पैसा र बिक्री दर १४३ रूपैयाँ ५३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ५४ पैसा र बिक्री दर १६३ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रतिक्रिया