यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३८ पैसा र बिक्री दर १६३ रूपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।