काठमाडौँ ।
आज नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । यस्तै अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया