अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलर २४ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९२ पैसा र बिक्री दर १४२ रूपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६३ पैसा र बिक्री दर १६२ रूपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।