अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८८ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ २३ पैसाले बढेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २० पैसा र बिक्री दर १४० रूपैयाँ ८४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ०९ पैसा र बिक्री दर १५९ रूपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।