आज कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


कामठाडौँ ।

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ १५ पैसाले घटेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०६ पैसा र बिक्री दर १४० रूपैयाँ ७० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १६ पैसा र बिक्री दर १५९ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।