काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ९२ पैसाले बढेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ६९ पैसा र बिक्री दर १३२ रूपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १० पैसा र बिक्री दर १४१ रूपैयाँ ७४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया