काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
यस्तै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ०४ पैसा रहँदा पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।
प्रतिक्रिया