नक्कली भ्याट बिल बनाउने ५ जनाविरुद्ध मुद्दा दायर

नक्कली भ्याट बिल बनाउने ५ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं, २० मंसिर । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले १२ करोड २० लाख माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका ७ मा संचालित यादव बिजनेस ट्रेड लिंकका सञ्चालक सोनालाल प्रसाद यादवसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) बनाउनेहरूमा जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालाल प्रसाद यादव छन् । उनीहरूविरूद्ध १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ बिगो तथा सजाय माग दावीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।