विदेशी मुद्राको विनिमय दरः अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, कुन देशको कति ?

विदेशी मुद्राको विनिमय दरः अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, कुन देशको कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया ५७ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैया ८ पैसा रहेको छ । आइतबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउँ १६ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ १५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।