काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया ४२ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैया ८२ पैसा रहेको छ । शुकबारको तुलनामा अष्ट्रेलियन डलरको भाउ २६ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रुपैयाँ ८२ पैसा र बिक्री दर १३९ रुपैयाँ ४६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९० पैसा र बिक्री दर १५७ रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया