आज कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ?

आज कतिमा किनबेच हुँदैछ अस्ट्रेलियन डलर ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया ६८पैसा रहेको छ भने बिक्री दर ८९ रुपैया ८ पैसा रहेको छ । बिहीबारको तुलनामा अष्ट्रेलियन डलरको भाउ ३५ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ ।

त्यस्तै अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। युरोपियन युरो १ को खरिद दर १३८ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ६१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १५८ रुपैयाँ ४५ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १८ पैसा छ।