२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।