अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैया ३ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैया ४३ पैसा रहेको छ । बुधबारको तुलनामा अष्ट्रेलियन डलरको भाउ १८ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.०९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.२३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.५८ रुपैयाँ रहेको छ ।