काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया ८५ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैया २५ पैसा रहेको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९७ पैसा र बिक्री दर १३२ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०५ पैसा र बिक्री दर १४० रूपैयाँ ६९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७१ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया