कामठाडौँ ।
नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया ८२ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैया २२ पैसा रहेको छ । सोमबारको तुलनामा आज अष्ट्रेलियन डलर ४ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ । पछिल्लो केहीदिन यता अस्ट्रेलियन डलर निरन्तर घटिरहेको छ ।
यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा पुगेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ६९ पैसा र बिक्री दर १४० रुपैयाँ ३२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ४४ पैसा र बिक्री दर १५९ रुपैयाँ १६ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया