अस्ट्रेलियन डलरको भाउ घट्दो क्रममा, आज कतिमा हुँदैछ कारोबार ?

अस्ट्रेलियन डलरको भाउ घट्दो क्रममा, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२६ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा आज अष्ट्रेलियन डलर ७८ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ । पछिल्लो केहीदिन यता अस्ट्रेलियन डलर निरन्तर घट्नेक्रममा रहेको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.९८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.५४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९२ रुपैयाँ रहेको छ ।