काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.०४ रुपैयाँ रहेको छ । शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलर ५० पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ८५ पैसा र बिक्री दर १४० रूपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९२ पैसा र बिक्री दर १५९ रूपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया