अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५४ रुपैयाँ रहेको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर १० पैसा घटेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०० पैसा र बिक्री दर १४० रूपैयाँ ६३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९८ पैसा र बिक्री दर १५९ रूपैयाँ ७० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।