काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ७६ पैसा घटेको राष्ट्र बैँकले जनाएको छ ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २७ पैसा र बिक्री दर १३२ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ६३ पैसा र बिक्री दर १४१ रूपैयाँ २७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८५ पैसा र बिक्री दर १६० रूपैयाँ ५७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया