अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


कामठाडौँ ।

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९१.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.५६ रुपैयाँ रहेको छ। सोमबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्य एक रुपैयाँ १७ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ११ पैसा र बिक्री दर १४१ रूपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८५ पैसा र बिक्री दर १५९ रूपैयाँ ५८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।