ह्वात्तै घट्यो अस्ट्रेलियन डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो अस्ट्रेलियन डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ । शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्य एक रुपैयाँ ११ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ६६ पैसा र बिक्री दर १४१ रुपैयाँ ३० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ९१ पैसा र बिक्री दर १५८ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।