आज अस्ट्रेलियन डलर कतिमा हुँदैछ किनबेच ?

आज अस्ट्रेलियन डलर कतिमा हुँदैछ किनबेच ?


काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.७५रुपैयाँ रहेको छ । बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्य १२ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४० पैसा र बिक्री दर १४२ रूपैयाँ ०४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २१ पैसा र बिक्री दर १५९ रूपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।