आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९१.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.६३ रुपैयाँ रहेको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्य ८३ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै अमेरिकी डलरको खरिदमा १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंककाअनुसार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १६० रुपैयाँ ३२ पौ, स्वीस फ्र्याङ्क एकको खरिददर १४३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७ पैसा छ ।

क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ १० पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९९ रुपैयाँ १० पैसा र बिक्रीदर ९९ रुपैयाँ ५५ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा छ ।