एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ राष्ट्रियसभाका ध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बौल्नका लागि अनुमति दिए। सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाए। उनले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध…