दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लर्कको ८५ वर्षको उमेरमा निधन

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लर्कको ८५ वर्षको उमेरमा निधन


काठमाडौं, २५ कात्तिक । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका अन्तिम श्वेत राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गर्नुभएको थियो । उहाँको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो । पूर्वराष्ट्रपति क्लर्ककी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिना छन् ।